तोलामा १ हजार रुपैयाँले घट्याे सुनको मूल्य, चाँदीकाे मूल्यमा पनि गिरावट

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला  ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँ कायम भएको छ।

लगातार ५ दिनदेखि सुनको मूल्य घटेको छ। हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो साताभरि सुनको  मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको छ। समग्रमा यो साताभरि चाँदीको  मूल्य  तोलामा २० रुपैयाँले बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *