नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यो नगद लाभांशमा ०.७८९५ प्रतिशतबराबरको रकम कर प्रयोजनका लागि हुने कम्पनीले स्पष्ट पारेको छ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ।




