नेप्सेमा ६.७१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आज शेयर परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीका ९५ लाख ४२ हजार ६ सय २६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४ सय ३९ रुपैया ७६ पैसाको कारोबार भएको छ ।

जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख, अपि पवरको १५ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख, तथा हिमाल दोलखाको ११ करोड ३३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज ट्रेडिङ समुह सबैभन्दा धेरै ३.८१ प्रतिशतले बढेको छ ।

आज सामलिङ पावर र बलेफी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज स्ट्याण्डर्ड चार्टर्डको शेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशत र गुडविल फाइनान्सको शेयर मूल्य ३.४३ प्रतिशतले घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *