नयाँ सहकारी दर्ता रोक्न र एकभन्दा बढी शाखा भए बन्द गर्न सिफारिस

काठमाडौं । सहकारी बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

आयोगले सहकारीको नियमन गर्न स्पष्ट संस्थागत प्रणाली नहुँदासम्म तीनै तहका सरकारले नयाँ सहकारी दर्ता र एक भन्दा बढी शाखा भए बन्द गराउनु पर्ने सुझाएको हो ।

आयोगले तयार पारेको प्रतिवेदन अनुसार नयाँ सहकारी दर्ता नगर्ने, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिने र एक भन्दा बढी शाखा खोली सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन आवश्यक रहेको छ ।

सहकारीको हालको बेथितिहरू व्यवस्थापन भए पश्चात् सम्भाव्यता अध्ययन गरेर राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सिफारिसमा स्थानीय तहलाई दर्ता गर्ने अधिकार दिनुपर्ने आयोगले सिफारिस गरेको छ ।

सहकारी दर्ता हुँदा नै कार्यक्षेत्र नेपालभर विस्तार गर्न दिनु ठिक नभएको समेत आयोगले औँल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ,-‘ सहकारी संस्था स्वावलम्बन र पारस्परिक सहयोग जस्ता भावना अनुसार सञ्चालन हुने व्यवसाय भएकाले संस्था स्थापना दर्ता हुँदा यसको कार्यक्षेत्र बढीमा एक गाउँपालिका वा नगरपालिका वा महानगरपालिकाको केही वडाहरूमा मात्र हुनुपर्दथ्यो । दर्ता हुँदाको बखतै वा दर्ता भएको केही समयमानै संस्थाको कार्यक्षेत्र नेपालभर विस्तार गर्नु, सेवा केन्द्र मार्फत बढिभन्दा बढी निक्षेप संकलन गर्न दिनु उचित थिएन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *