आतंककारी भनिएका व्यक्ति को हुन् ?

१४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालिएपछि एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति चोरीमा संलग्न रहेको आशंका गरिएको छ ।

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको बताइए पनि सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले घटनाबारे जानकारी नभएको बताए ।

अपराधिक गतिविधिमा आवद्ध रहेको कैलाली प्रहरीको सूचनापछि उनलाई नियन्त्रणमा लिइएको हो । जहाज रनवेमा गइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

प्राप्त सूचनाअनुसार पक्राउ परेका व्यक्ति भारतबाट सुन चोरेर नेपाल आएको र फेरि मुम्बई भाग्ने योजनामा थिए ।

उनलाई नियन्त्रणमा लिन कैलाली प्रहरीले पत्र पठाएको बताइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *