आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ ।
आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२१० मा कारोबार भएकोमा आज प्रतितोला १२२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
Artha Sanjal






