महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव भएको हो ।