शिवम् सिमेन्टको सेयर मूल्य दुई वर्षयताकै सस्तो, प्रतिकित्तामै १४३१ रुपैयाँ घाटा

शिवम् सिमेन्टको सेयर मूल्य फेरी घटेको छ। पछिल्लो समयमा लगातार घटिरहेको सिमेन्टको सेयर मूल्य मूल्य मंगलबार पनि ४१ रुपैयाँले घटेको छ। मंगलबार ७४९ रुपैयाँ कायम भएको मूल्य उच्च अंकभन्दा १४३१ रुपैयाँले घटेको हो । यो सेयर मूल्य दुईवर्षयताकै सस्तो हो।

कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ तर कम्पनीले हालसम्म सेयरधनीलाई बोनस सेयर भने दिएको छैन।
मंगलबार मात्रै ४१ हजार ९ सय कित्ता कारोबार हुदाँ ३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कम्पनीको ४ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने बजार मूल्यांकन ३२ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *