महासङ्घको केन्द्रीय सदस्यमा ६ जना मनोनीत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्य समितिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत गरेको छ। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको हो ।

जसमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना रहेका छन् । उनीहरूमा मनिषलाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् ।

यस्तै, वस्तुगत तर्फबाट कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासङ्घबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् । एसोसियट तर्फबाट साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् ।

महासङ्घको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान रहेको छ । अब १ जना मनोनीत गर्न बाँकी छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *