नेप्सेमा १६ अंकको वृद्धि, ४ अर्ब ४९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको छ ।

आज ३३६ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइृधनीले २.५९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *