१० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा बन्द

काठमाडौं। चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द भएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असारमा बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीयसमेत)का शाखा संख्या ११ हजार ५२६ रहेकोमा २०८३ वैशाखमा ११ हजार ३५९ कायम भएका छन्।

शाखा कार्यालय मर्ज गर्न राष्ट्र बैंकले सहजीकरण गर्दा बैंक तथा वित्तीय संस्थाले शाखा संख्या घटाउँदै लगेका हुन्।

२०८३ वैशाख मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी १०६ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्।

२०८३ वैशाख मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताको संख्या ६ करोड २७ लाख २३ हजार ७७ रहेको छ भने कर्जा खाता संख्या २० लाख ३७ हजार ४३५ पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *