काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिनसम्म ५० जनाले अर्थमन्त्रालयमा आवेदन दर्ता गराएका छन् ।
प्राधिकरणको अध्यक्ष बन्नका लागि नेपाल राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नर बम बहादुर मिश्र समेत इच्छुक देखिएका छन्। त्यस्तै, डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उप निर्देशक विरोध भट्टले समेत आवेदन दर्ता गराएका छन् ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा उप निर्देशकहरुले समेत बीमा प्राधिकरणको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै यस पदमा आवेदन दिनेमा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्व कामु सिईओ रमेश कुमार भट्टराई लगायत छन्।
त्यस्तै, यस पदमा आवेदन दिनेहरुमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी डा. राजेन्द्र पण्डित, बिष्णुबाबु मिश्र, झनकराज ढुंगेल, बुद्धकाजी श्रेष्ठ, एशियन लाइफका पूर्व कर्मचारी प्रशान्त धमला, सुनिल देवकोटा र बिक्रान्त पाण्डे पनि रहेका छन्।






