भारतको पक्ष लिएकोमा एसडी मुनीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं। नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा चर्चा पाएको छ। भारतीयहरुले सामाजिक सञ्जालमार्फत शाहको अभिव्यक्तिको प्रशंसा गर्दै उनलाई बधाइ समेत दिएका छन्।

भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै बालेनलाई बधाइ दिएका हुन् ।

नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन नेपालले पनि भारतीय भुभाग मिचेको छ भन्ने कुरा साहसिकरुपमा स्वीकारेकोले प्रधानमन्त्री शाहले बधाइ डिजर्भ गर्ने उनको भनाइ छ ।

मुनीले लेखेका छन्, ‘नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ, जुन नदीको बहाव परिवर्तनको परिणाम हो ।’ सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासहरू भने प्रत्युत्पादक हुने चेतावनी मुनीले दिएका छन् ।

मुनीले नेपाल र भारतबीचको सीमा समस्या एकतर्फी नभएको स्वीकार गर्नु साहसिक कदम भएको टिप्पणी गरेका छन्। उनले सुस्ताको भूभाग नदीको बहाव परिवर्तनका कारण विवादित बनेको उल्लेख गर्दै सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभामा सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका विषय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने तर, नेपालले पनि थुप्रै  भारतीय भूभाग अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएका थिए।

उनको उक्त भनाइप्रति नेपालका राजनीतिक दल तथा सीमा विषयका जानकारहरू लगायत अघिकांश नेपालीले असहमति जनाएका छन्। यद्यपि भारतीय सञ्चारमाध्यमहरूले भने यसलाई प्रमुखताका साथ प्रकाशित गरेका छन्। बालेन्द्र भारतको धन्यवादका पात्र बनेका छन्।

भारतीय सञ्चारमाध्यमहरू ‘दैनिक भास्कर’, ‘नवभारत टाइम्स’, ‘द प्रिन्ट’, ‘न्युज–१८’ र ‘अमर उजाला’ले शाहको अभिव्यक्तिलाई महत्वका साथ समेटेका छन्। ती समाचारमा सीमा विवाद समाधानका लागि संवाद, तथ्य र विशेषज्ञहरूको सहयोग आवश्यक रहेको उनको धारणा उद्धृत गरिएको छ।

‘द प्रिन्ट’ले नेपाल–भारत सीमा विवाद समाधानका लागि इतिहासकार, सर्वेक्षक र विज्ञहरूको सहकार्य आवश्यक रहेको शाहको भनाइलाई विशेष महत्व दिएको छ। त्यस्तै, ‘न्युज–१८’ले दुवै देशले एकै टेबलमा बसेर विवादित क्षेत्रको निष्पक्ष समीक्षा गर्नुपर्ने उनको प्रस्तावलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूले सीमा विवादमा दुवै पक्षका दाबी र जिम्मेवारीबारे खुलेर चर्चा भएको सन्दर्भलाई नेपाल–भारत सम्बन्धका लागि महत्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन्। ‘अमर उजाला’ले भने शाहको अभिव्यक्तिले नेपालभित्र राजनीतिक र कूटनीतिक बहसलाई थप तीव्र बनाएको उल्लेख गरेको छ।

सीमा विवादलाई भावनात्मक वा राजनीतिक मुद्दा बनाउनुको सट्टा तथ्य, प्रमाण र संवादका आधारमा समाधान खोज्नुपर्ने धारणा शाहले राखेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *