काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका सुकुम्बासी बस्तीमा रहेका नागरिकहरूको ज्यान जोखिममा रहेको भन्दै सरकारले उनीहरूको व्यवस्थापनमा काम गरिरहेको बताएका छन्।
उनका अनुसार सुकुम्बासी बस्तीमा रहेका नागरिकहरू संवेदनशील अवस्थामा भएकाले तत्काल स्थानान्तरण र व्यवस्थापन आवश्यक छ। उनले आफू स्थानीय सरकारमा रहँदा नै संघीय सरकारलाई उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने र वास्तविक सुकुम्बासीको पहिचान गर्ने सुझाव दिएको उल्लेख गरे।
प्रधानमन्त्री शाहले भने, “उहाँहरूको अवस्था एकदमै संवेदनशील थियो। म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरूलाई स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ। अहिले त्यहीअनुसार काम भइरहेको छ। ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस्।”
त्यस क्रममा उनले सीमा विवादसम्बन्धी विषयमा पनि टिप्पणी गरेका थिए, तर कुन–कुन स्थानमा सीमा मिचिएको हो भन्नेबारे स्पष्ट विवरण भने दिएनन्।






