काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थित भएपछि सांसदहरूलाई उनलाई प्रश्न सोध्न खुला गरिएको छ। तर सभामुख डोलप्रसाद अर्यालले प्रत्येक दलका सांसदलाई प्रश्न राख्न दुई मिनेट मात्रै समय तोकेपछि संसद्मा विवाद उत्पन्न भएको छ।
बैठकको सुरुवातमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्न समय दिएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर सांसदहरूलाई प्रश्न सोध्न आग्रह गरे। तर, सभामुखले प्रत्येक दललाई सीमित रूपमा दुई–दुई मिनेट समय मात्र तोकेपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ (१) को उल्लङ्घन भएको भन्दै असन्तुष्टि जनाए। उनले प्रधानमन्त्रीलाई लिखित रूपमा प्रश्न सोध्ने अवसर हुनुपर्ने माग पनि गरे। त्यसैगरी एमालेका सचेतक ऐन महरले पनि समय व्यवस्थाप्रति नियमापत्ति जनाएका छन्।
सभामुख अर्यालले भने लामो समयदेखि प्रश्नोत्तरको तयारी भएको हुनसक्ने भन्दै नियमावलीमा तीन दिन अगाडि नै लिखित प्रश्न अनिवार्य भन्ने स्पष्ट व्यवस्था नभएको तर्क गरेका छन्।






