जीवी राईको विषयमा बोल्दै बोलेनन् प्रधानमन्त्री , सभामुखले पनि गरेनन् रुलिङ

काठमाडौं । सांसदको जवाफ दिन रोस्टममा उभिएका  प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सहकारी ठगी प्रकरणमा जोडिएका जीवी राईको विषयमा उठाइएको प्रश्नको जवाफ भने दिएनन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सहकारी घोटालाका मुख्य पात्रका रूपमा जीवी राईलाई कहिले पक्राउ गरिन्छ भन्ने प्रश्न गरेका थिए।

सांसद राईले संसदमा प्रश्न गर्दै भने, ‘नेपालमा सहकारीको ठूलो घोटाला भएको छ। सहकारी प्रकरण ठूलो समस्या बनेको छ। जीवी राई र उनीहरूजस्ता ठगहरू कहिले पक्राउ पर्छन् ?विशेषगरी जीवी राई कहिले पक्राउ पर्छन् ?”

तर प्रधानमन्त्री शाहले अन्य प्रश्नहरूको जवाफ दिए पनि सहकारी प्रकरणमा जोडिएका जीवी राईको विषयमा भने कुनै प्रतिक्रिया जनाएनन्।

प्रधानमन्त्रीबाट उक्त प्रश्नको जवाफ नआएपछि सभामुखले पनि यस विषयमा कुनै रुलिङ  गरेनन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *