हवाई जहाजको टिकटमा लाग्ने भ्याट यथावत्, पार्टपुर्जा खरिदको खारेज

काठमाडौं । सरकारले हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई आगामी आर्थिक वर्षमा पनि यथावत् राख्ने भएको छ । हवाई टिकटको भ्याट हट्ने अपेक्षामा रहेका पर्यटन तथा हवाई व्यवसायीहरू बजेटबाट निराश बनेका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार सार्वजनिक गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमा हवाई टिकटको भ्याट कायम राखिए पनि जहाजका पार्टपुर्जा खरिदमा लाग्ने भ्याट भने हटाइने भएको स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पार्टपुर्जामा लाग्दै आएको भ्याट हटाउँदा वायुसेवा कम्पनीहरूको सञ्चालन तथा मर्मत लागत घट्ने अपेक्षा गरिएको छ । जहाजका लागि आवश्यक पार्टपुर्जा खरिदमा ठूलो रकम खर्च हुने भएकाले व्यवसायीहरूले लामो समयदेखि उक्त कर हटाउन माग गर्दै आएका थिए ।

सरकारले आर्थिक वर्ष २०८०/८१ बाट पहिलो पटक हवाई टिकटमा भ्याट लागू गरेको थियो । त्यही वर्षदेखि पर्यटकका लागि लक्जरी करसमेत लागू गरिएको थियो । आगामी बजेटमा चार र पाँचतारे होटलमा लाग्दै आएको २ प्रतिशत लक्जरी कर पनि यथावत् राखिएको बताइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *