५० प्रतिशत हकप्रद निष्काशन गर्न एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ले आफ्नो २८औं वार्षिक साधारण सभामार्फत ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले आगामी जेठ १८ गते सोमबार बस्ने साधारण सभामा उक्त प्रस्ताव पेश गर्न लागेको हो।
बैंकका अनुसार साधारण सभा काठमाडौंको आर्मी अफिसर्स क्लब मा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरणमाथि छलफल गर्नुका साथै हालको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत बराबर हुने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
एनआईसी एशिया बैंक लिमिटेड ले साधारण सभाको सूचना सार्वजनिक गर्दै सम्पूर्ण शेयरधनीलाई सभामा उपस्थित हुन अनुरोध गरेको छ। साथै बैंकले आर्थिक वर्ष २०८१/८२ को आर्थिक विवरण पनि सार्वजनिक गरेको जनाएको छ।