काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयकाे प्रहरी टाेलीले न्युरोडमा अवस्थित आरबी कम्प्लेक्समा सञ्चालित स्माइल योर च्वाइस र दुई गोदाममा छापा मारेको छ।
छापा हान्दा एक गोदाममा ठूलो परिमाणमा (इलेक्ट्रिक चुरोट) भेप बरामद भएको छ।
प्रहरीका अनुसार हजार ५ सय थान भेप बरामद गरिएकाे हाे। प्रहरीले अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका–८ का नवीन खड्कालाई पक्राउ गरेको छ।
बरामद भेपको बजार मूल्य करिब ६ करोड अनुमान गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद गरेर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको छ।
Artha Sanjal






