हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट। रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ।

रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो।

फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए।

हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले बताए।

यसैबीच जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *