सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौं। सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

मन्त्रालयले योग्य नेपाली नागरिकलाई २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन आग्रह गरेको छ। आवेदनसम्बन्धी विस्तृत विवरण, मापदण्ड तथा फाराम मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *