बैंकको सेयर बेचेर धमाधम बाहिरिँदै संस्थापक, सिद्धार्थको झन्डै ३ लाख कित्ता बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका संस्थापक शेयरधनीले धमाधम बैंक छोड्न थालेका छन् । सोहिक्रममा शेयरधनी लिला देवी शारदाले पनि आफ्नो नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको पाइएको छ।

बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उनको नाममा रहेको  शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकोले हाल यो शेयरमा बैंकका संस्थापकले मात्र आवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *