सरकारप्रति सुशीला कार्कीकाे आक्राेश – अब बालेनकाे श्रीमतीलाई आमा भन्नू

काठमाडौं। प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठतताको परम्परा विपरीत निर्णय गरिएपछि बालेन्द्र साह नेतृत्वको सरकारको चौतर्फी बिरोध भएको छ। सोहि क्रममा बालेनलाई छोरासरह मान्ने पूर्व प्रधानमन्त्री सुशीला पनि उनीप्रति असन्तुष्ट बनेकी छन्।

संवैधानिक परिषद्ले पहिलो वरीयताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयताका मनोज शर्मा लामिछानेलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि कार्कीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएकी हुन्।

यसै सन्दर्भमा कार्कीले आज एक पत्रकारसँगको छोटो संवादमा उनले कडा प्रतिक्रिया दिइन्। युट्युवर दिवाकर साहले “आमा दर्शन” भन्दै माइक अगाडि बढाएपछि कार्कीले असन्तुष्टि पोखिन्।
उनले भनिन् – “को हो आमा भन्ने?” भन्दै उनले वरिपरि हेर्दै भनिन्, “तिमीहरूको आमा फेरिइसक्यो। म मेरो बच्चाको मात्रै आमा हुँ।”

युटुबर साहले “तपाईं देशकै आमा हो” भनेपछि कार्कीले जवाफ दिँदै भनिन्, “मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू।”

प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर न्यायिक वृत्त र राजनीतिक क्षेत्रमै बहस चलिरहँदा कार्कीको यो अभिव्यक्तिले तरंग उत्पन्न गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *