काठमाडौं। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।
यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।
१०० रुपैयाँ मूल्य तोकिएको यो सेयरमा वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदन छिटोमा वैशाख २४ गते बन्द हुनेछ। सो अवधिमा पूर्ण आवेदन नपरे जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस’ श्रेणीको रेटिङ प्रदान गरेको छ।
यसले कम्पनीमा दायित्व भुक्तानीसम्बन्धी मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।






