नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढ्यो

काठमाडौं  नबिल बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले नौ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ थियो ।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा चुक्ता पुँजी २७ अर्ब ५ करोडबाट बढेर ३२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ३१ अर्ब ६२ करोडबाट बढेर ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

खराब कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा झरेको छ ।

विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *