काठमाडौं नबिल बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले नौ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ थियो ।
तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा चुक्ता पुँजी २७ अर्ब ५ करोडबाट बढेर ३२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ३१ अर्ब ६२ करोडबाट बढेर ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा झरेको छ ।
विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ पुगेको छ ।






