काठमाडौं। लगातारको वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडक खण्डमा क्षति पुगेपछि सवारी आउजाउ बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रतिकूल मौसमको कारण गए रातीको भारी वर्षाले बीपी राजमार्गका विभिन्न सडक खण्डमा क्षति पुगेपछि यातायात सञ्चालन अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न भनेको छ।
Artha Sanjal






