छात्रवृत्ति प्रदान गर्न एक करोडको अक्षय कोष

बागलुङ। बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ।

विं.सं. २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो।

विं.सं. २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्य  अक्षयकोष निर्माण अभियान चलाएको थियो।

अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण गरेको छ। विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर पढ्ने वातावरण बनाउनका लागि कोष स्थापना गरिएको निर्वतमान स्ववियु सभापति सुदीप सागर कँडेलले बताए।

यस क्याम्पसमा स्नातक तहमा विज्ञान, बिबीए र बिसीआइटी विषयको अध्यापन गरिन्छ। त्यसबाहेक स्नातकोत्तर तहमा एमबिएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अङ्ग्रेजी तथा शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ।

क्याम्पसमा प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिने कँडेलले बताए।

कार्यविधि बनाएर विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने क्याम्पस प्रमुख सुदर्शन सिलवालले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *