काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ।
सर्वोच्च अदालत को परमादेशअनुसार अनुसन्धानका लागि थप म्याद नथप्न भनिएपछि प्रहरीले सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ शर्तमा दुवैलाई रिहा गर्ने निर्णय गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं का एक अधिकारीका अनुसार हाजिर जमानीमा रिहा गरिएका उनीहरूलाई आवश्यक परे पुनः उपस्थित हुनुपर्नेछ।
भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान सिफारिस गरेपछि दुवै नेता चैत १४ मा पक्राउ परेका थिए।
काठमाडौं जिल्ला अदालत बाट तेस्रो पटक म्याद थप गरी अनुसन्धान भइरहेका बेला सर्वोच्चले चैत २३ मा चौथो पटक म्याद नथप्न र आवश्यक परे हिरासतबाहिरै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासले सो आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशअनुसार तेस्रो पटक थपिएको म्याद सकिएसँगै प्रहरीले दुवैलाई हिरासतबाट मुक्त गरेको हो।






