गृहमन्त्रीले भने- भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै उनले प्रहरी अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

‘जनतालाई दुख दिने गरि भीआईपीलाई स्पेशल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिककाे सेवक हौँ’ मन्त्री गुरूङले भने ।

गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने बताएका छन् । उनले भीआईपी सवारीका नाममा आमनागरिकलाई दु:ख नदिन पनि निर्देशन दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *