ओली–लेखक पक्राउपछि हर्क साम्पाङले भने- ‘सिंहदरबार र संसद् भवन जलाउनेलाई पनि गिरफ्तार गर’

काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केपी शर्मा ओलीरमेश लेखक पक्राउ प्रकरणलाई प्रतिशोधपूर्ण राजनीति भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वर्तमान राजनीतिक घटनाक्रमले प्रतिशोधकै बाटो समातेको जिकिर गरे। विगतमा आफूले ओखलढुङ्गामा नै यस्तो प्रवृत्ति देखिने चेतावनी दिएको स्मरण गराउँदै उनले अरू दल सत्तामा आए पनि प्रतिशोधकै राजनीति हुने र प्रगतिको राजनीति भने आफ्नो पार्टीले मात्रै गर्ने दाबी दोहोर्‍याए।

ओली र लेखकको पक्राउप्रति संकेत गर्दै साम्पाङले अब देशमा आन्दोलन र टकरावको राजनीति मात्र बढ्ने बताए। ‘आन्दोलन, आन्दोलन अनि आन्दोलन’ को अवस्था सिर्जना हुने उनको भनाइ छ।

यससँगै उनले आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनालाई पनि जोड्दै राज्यको सम्पत्ति नष्ट गर्नेहरूमाथि कडा कारबाही गर्न माग गरे। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत सरकारी संरचनामा क्षति पुर्‍याउने व्यक्तिहरूलाई समेत तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनको धारणा छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *