नेपाल प्रहरीका ८ डिआइजीको सरुवा, को कहाँ पुगे?

 बागमती।  नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षक (डिआजी) हरूको सरुवा भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गृह मन्त्रालयको आइतबारको निर्णयानुसार यो सरुवा गरिएको हो।

अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ।

त्यस्तै, जयराज सापकोटा प्रधान कार्यालयबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत पुगेका छन्।

दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ।

दिपक रेग्मीलाई प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको उल्लेख छ।

दिपेन्द्र घर्ती क्षेत्री भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *