तीन मन्त्रीलाई ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँलाई दिइएको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई  सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

कुलमान घिसिङले यी तीन वटै मन्त्रालय सम्हाल्दै आएका थिए । उनी सक्रिय राजनीतिमा लागेपछि बुधबार राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *