काठमान्डौ । सेयर बजारमा आज नयाँ रेकर्ड बनेको छ। आज नेप्से ३००० माथि पुगेको छ। आज नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा बन्द भएको हो।
आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ कम्पनीको सेयर मूल्य घटेको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये १०५ वटाको शेयरमूल्य बढ्नुका साथै तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जिको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ सन्जाल