चार दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या चार पुगेको छ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *