दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लगानीकर्ताले आजसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहँदा यी दुवै बैंकको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १७ गते, सोमबारका लागि बुकक्लोज मिति तोकेका छन्। त्यसपछि यी बैंकका सेयर खरिद गर्ने लगानीकर्ताले चालु वर्षको लाभांश पाउने अधिकार गुमाउनेछन्।

सिद्धार्थ बैंकले आफ्नो चौबीसौँ वार्षिक साधारणसभा कात्तिक ३० गते, आइतबार बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ। सभामा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी छ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समिति नियुक्त गर्ने, सामाजिक उत्तरदायित्व कार्यक्रमका खर्च स्वीकृत गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक चयन गर्ने एजेन्डा पनि सभामा समावेश छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *