बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै यस दिन चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *