एनएमबी बैंकद्वारा प्रदेश स्तरीय कृषि कर्जा योजना सुरु

एनएमबी बैंकले प्रदेश स्तरीय कृषि कर्जा योजना सुरुवातको घोषणा गरेको छ ।

योजना यही वैशाख २ देखि असार ३२ गतेसम्म लागू हुनेछ । बैंकले प्रदेश १ को लागि पाथिभारा व्यावसायिक कृषि कर्जा, मधेश प्रदेशको लागि मधेश व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशको लागि बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागि कर्णाली व्यावसायिक कृषि कर्जा र सुदूरपश्चिमको लागी सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको छ ।

यस कर्जा योजना अन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *