ज्योति विकास बैंकद्वारा सिसिटिभी क्यामेरा हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सिसिटिभी क्यामेराहरू हस्तान्तरण गरेको छ । लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई क्यामेरा हस्तान्तरण गरेका हुन् ।

बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्‍याउने हेतुले उक्त सहयोग गरेको हो ।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *