मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गरेको छ। नयाँ निर्देशनअनुसार अब मोबाइल बैंकिङ मार्फत दैनिक ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ मार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

डिजिटल वालेटका हकमा भने बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म पठाउन सकिने सीमा तोकिएको छ । साथै, एउटा वालेटबाट अर्को वालेटमा हुने कारोबारमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा कायम गरिएको छ ।

राष्ट्र बैंकले वालेटमा रहने मौज्दात र जम्मा गर्ने प्रक्रियामा पनि थप कडाइ गरेको छ । अब कुनै पनि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था गरिएको छ ।

विशेषगरी वालेटमा रातभरिको मौज्दात ५० हजार रुपैयाँभन्दा बढी राख्न नपाइने र सोभन्दा बढी भएको रकम अनिवार्य रूपमा ग्राहककै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *