प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन ८ दलको माग

काठमाडौँ। विघटित प्रतिनिधि सभाका ८ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन्।

‘जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको छ,’ शनिबार निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ। तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं।’

हस्तारक्षर गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरु रहेका छन्। तर उक्त पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हस्ताक्षर गरेको छैन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *