बागमतीका मन्त्री खड्काद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिएका खड्काले अब आफू सांसद इन्द्रबहादुर बानियाँको पक्षमा रहने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णयले कांग्रेस दलभित्र नेतृत्व परिवर्तनको खेललाई थप चर्काएको छ। खड्काले २०७९ पुस १३ मा भएको संसदीय दलको निर्वाचनमा भने लामालाई समर्थन गरेका थिए।

यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । यसअघि शुक्रबार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए।

५ जना मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन् । बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *