प्रणालीमा तरलता थुप्रिएपछि बैंकहरूको सीडी रेसियो घट्यो, औसतमा कति छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूकोसीडी रेसियो केहि समयदेखि उल्लेख्य रूपमा घटेको छ। बैंकहरूमा तरलता बढ्दै गएको संकेतस्वरूप सीडी रेसियो न्यून बिन्दुमा पुगेको हो। नेपाल राष्ट्र बैंकले सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ। ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो सबैभन्दा कम, ६२.५९ प्रतिशत रहेको छ भने प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो पनि ७० प्रतिशतभन्दा तल छ। त्यस्तै, अन्य  ११ वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम रहेको छ।

यस अवधिमा  प्राइम कमर्सियल बैंकको सीडी रेसियो सबैभन्दा बढी अर्थात् ८३.३९ प्रतिशत रहेको छ। त्यस्तै, एनएमबि बैंकको सीडी रेसियो ८२.६५ प्रतिशत छ।

पछिल्लो एक वर्षको अवधिमा २० वाणिज्य बैंकहरूको औसत सीडी रेसियो २.७१ प्रतिशत विन्दुले घटेको छ। २०८१ को असार मसान्तसम्म २० वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७८.८९ प्रतिशत रहेकोमा, हाल यो ७६.१८ प्रतिशतमा झरेको छ।

सीडी रेसियोले कुनै बैंकले निक्षेपको कति हिस्सा ऋणस्वरूप प्रवाह गरेको छ भन्ने देखाउँछ। यसमा बैंकहरूले लिएको वैदेशिक ऋण, नेपाल राष्ट्र बैंकबाट पाएको पुनर्कर्जा तथा ऋणपत्रबाट उठाएको रकमलाई समेत निक्षेपमा समेटिन्छ। तर, कम्पनीको पुँजीलाई भने सीडी रेसियोमा गणना गर्न मिल्दैन।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *