नेपाल इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्री खुला

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद आज साउन ६ गते देखि बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुंजीको ३४.७८३ प्रतिशत हकप्रद निष्काशन गरेको हो।

कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपियाँ  बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गरेकाे छ। हकप्रदमा साउन २६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले कप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णयले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो

शेयर निष्काशनको बिक्री प्रबन्धकमा एनआईएम एस क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *