सुनकाे मूल्य एकै दिन ५ हजार २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तरको गिरावट भएको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *