स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री ओलीसँग स्पेन गएका सरकारी प्रतिनिधि बाहेकका व्यक्तिहरूको विषयमा गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।

गृह सचिव र प्रहरी प्रमुखलाई निर्देशन दिँदै मन्त्री लेखकले ‘को-को कसरी गए, कुन भिषामा गए?’ भन्नेबारे अनुसन्धान गर्न आदेश दिएका हुन्। छानबिनका लागि सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरो खटाइनेछ।

गृहमन्त्रीले दोषीलाई कारबाही हुने चेतावनीसमेत दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *