काठमाडौं । आज पनि शेयर बजार घटेको छ। नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा बन्द भएको छ।
आज ३३८ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । आज सबैभनदा धेरै सोपान फर्मास्युटिकल्को शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ८ लाख रुपैयाँ शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले १२.८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.२० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुजुङ हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले गुमाएका हुन् ।






