नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज?

काठमाडाैं । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजदेखि आवेदन खुला गरिएको छ । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ७ प्रतिशत ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको हो ।

यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ । बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । सो मध्ये ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १२ गतेसम्म बिक्री खुला गरिनेछ ।

ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *