सरकारी कर्मचारी समर्पित भएर काम गर्दैनन् : मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको आरोप लगाएका छन्।

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

सांसदहरूले निजी एयरलाइन्सहरूले कम जनशक्तिमा पनि नाफामा कम्पनी सञ्चालन गर्न सकिरहेको तर नेपाल वायुसेवा निगमले धेरै जनशक्ति राख्दा पनि सुधार र नाफामा जान नसकेको विषयमा प्रश्न उठाएका थिए। जवाफमा मन्त्री पाण्डेले ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगममै भएकाले बढी जनशक्ति आवश्यक परेको बताए। तर, सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावना नदेखिएको उल्लेख गर्दै सुशासनको यो पक्ष सुधार्न आवश्यक रहेको बताए।

शीर्षक

समाचार

अर्थ / वाणिज्य

विचार

खेलकुद

उपत्यका

मनोरञ्जन

[अरु]

आजको ई-पत्रिका

सम्पर्क ठेगाना

कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल

+977-01-5135000,+977-01-5135001

Version 1.01

.

समाचार

सरकारी कर्मचारी समर्पित भएर काम गर्दैनन् : मन्त्री पाण्डे

असार २०, २०८२

कान्तिपुर संवाददाता

Read in English

9

shares

00:0002:04

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

सांसदहरूले निजी एयरलाइन्सहरूले कम जनशक्तिमा पनि नाफामा कम्पनी सञ्चालन गर्न सकिरहेको तर नेपाल वायुसेवा निगमले धेरै जनशक्ति राख्दा पनि सुधार र नाफामा जान नसकेको विषयमा प्रश्न उठाएका थिए। जवाफमा मन्त्री पाण्डेले ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगममै भएकाले बढी जनशक्ति आवश्यक परेको बताए। तर, सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावना नदेखिएको उल्लेख गर्दै सुशासनको यो पक्ष सुधार्न आवश्यक रहेको बताए।

उनले भने, ‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो। ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्छ। यो गर्दा ठूलो जनशक्ति चाहिन्छ। जस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा ९५ लाख जति यात्रु ओहोरदोहोर भए। नेपाल एयरलाइन्सले केवल आफ्नै नभई हिमालयनलगायत अधिकांश एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ गर्नुपर्छ। सरकारी र निजी काममा फरक छ। सरकारी काममा मान्छेहरूले समर्पित भएर काम गर्दैनन्। निजी क्षेत्रले भने कम जनशक्तिमा पनि दक्षतापूर्वक काम गरिरहेको देखिन्छ। यो सुशासनको पाटो हो, सुधार आवश्यक छ।’

आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्समा थप आर्थिक भार सिर्जना गर्न नहुने उनको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *