बन्दीपुर केबलबारले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडाैं। नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न असार १९ गते अनुमति दिएको हो।

कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *